पाँच वर्षअघिको दृष्टान्त, जब ओलीको निर्देशनमा राष्ट्रिय ध्वजाबाहक काबुल पुग्यो – Nepal Press

पाँच वर्षअघिको दृष्टान्त, जब ओलीको निर्देशनमा राष्ट्रिय ध्वजाबाहक काबुल पुग्यो

काठमाडौं । पाँच वर्षअघि अर्थात् २०७३ असार ६ गते अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा परी १२ जना नेपाली सुरक्षाकर्मीले ज्यान गुमाए । त्यतिबेलाका नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल शव नेपाल ल्याउन निर्देशन दिए । र, तत्काल नेपाल वायु सेवा निगमको जहाजबाट शव नेपाल ल्याइयो पनि ।

त्यतिबेला अफगानिस्तानबाट नेपालीको शव ल्याउने कुरा सहज भने थिएन । प्रधानमन्त्रीले निर्देशन दिए पनि काठमाडौं-काबुल सिधा हवाई सेवा सञ्चालनमा दिएन । काबुलको आकाशमा उड्न अनुमति लिनुपथ्र्यो ।

तत्कालीन पररास्ट्रमन्त्री कमल थापाले पाकिस्तानका लागि नेपाली राजदूतदेखि अफगानी सरकारसँग विशेष कूटनीतिक पहल गरे । सुरुमा भारत, त्यसपछि अफगानिस्तान र पाकिस्तानको आकाशमा उड्ने अनुमति पायो ।

त्यतिबेला जहाज उडाएका थिए, क्याप्टेन श्रवण रिजालले । उनले त्यतिबेला धेरै मिहिनेतपूर्व जहाज उडाएको प्रतिक्रिया दिएका थिए । जोखिम मोलेर जहाज उडाएका उनले अन्नतः मृतक नेपालीलाई नेपाल ल्याए ।

असार ६ गते राती साढे नौ बजेबाट पर्मिट आउन थाल्यो । सबैभन्दा पहिले भारत र भारतपछि अफगानिस्तानको पर्मिट आयो । पाकिस्तानको सबैभन्दा ढिलो आयो । काठमाडौं‌देखि काबुल उडान र अवतरणको कुनै म्यानुअल नेपाल वायुसेवा निगमसँग नभएकोले क्याप्टेन श्रवण रिजालले धेरै मेहेनत गरेको उडान सकिएपछि नेपाली टाइम्ससँग बताएका थिए ।

नेपाली वायुसेवा निगमको जहाज असार ७ गते मंगलबार बिहान साढे तीन बजे उड्यो । क्याप्टेन श्रवण रिजाल र कोपाइलट सुभाव रिजाले साढे तीन घन्टा उडान गरेर काबुल विमानस्थलमा अवतरण गरे । त्यो आफ्नो जिन्दगीकै सबैभन्दा जोखिमपुर्ण अवतरण भएको भन्दै क्याप्टेन रिजालले नेपाली टाइम्ससँग आफूले युद्धक्षेत्रमाथी उडाएको महसुस गरेको प्रतिक्रिया दिएका थिए ।

काबुल बिमानस्थलमा नेपालीको शव संकलन गर्न निकै समय लागेको थियो । सँगै अफगानिस्तानबाट नेपाल फर्कन चाहने २४ नेपालीहरु समेत ल्याउनुपर्ने भएकोले नेपाल उडान केही ढिलाइ भयो ।

मृतकहरुको शव काठमाडौं ल्याइँदा त्रिभुवन विमानस्थलमा निकै हृदयविदारक दृष्यहरु देखिएका थिए । मृतकजनका आफन्तहरु सम्हालिन सकेका थिएनन् । मृतकलाई श्रद्धाञ्जली दिन तत्कालीन प्रधानमन्त्री ओली आफैं त्रिभुवन विमानस्थल पुगेका थिए ।

चुनौतीबीच अफगानिस्तानबाट तत्काल नेपालीको शव ल्याएको भन्दै ओली सरकारको प्रशंसा भयो । अहिले अफगानिस्तानमा तालिवानी हमला भइरहेको छ । त्यहाँ रहेका करिब १४ हजार नेपाली उद्दारको पर्खाइमा छन् । तर, उनीहरुलाई उद्दार गर्न नेपाल सरकारबाट ठोस पहल भएको छैन ।


प्रतिक्रिया

One thought on “पाँच वर्षअघिको दृष्टान्त, जब ओलीको निर्देशनमा राष्ट्रिय ध्वजाबाहक काबुल पुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर