माओवादीका ८ टोलीको निष्कर्ष- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली आवश्यक – Nepal Press

माओवादीका ८ टोलीको निष्कर्ष- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली आवश्यक

एमसीसीको बारेमा जनताले बुझ्ने गरी विरोध गर्नुपर्ने सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा मुलुकको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणालीको नीतिमा जानुपर्ने विषयले संस्थागत मान्यता पाएको छ ।

अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक तथा सांगठानिक प्रस्तावमाथि समूहगत छलफलपछि ८ वटा टोली नेताले सुझाव पेस गर्ने क्रममा पार्टीको सो नीतिलाई अघि बढाउनुपर्ने बताएका हुन् ।

त्यस्तै बैठकमा नेताहरूले एमसीसीको बारेमा माओवादीको असहमति जनताले बुझ्ने भाषामा आउनुपर्ने सुझाव पेस गरेको केन्द्रीय सदस्य युवराज दुलालले बताए ।

बैठकमा सुझाव पेस गर्ने क्रममा नेताहरूले सरकार सन्चालन गर्न संयन्त्र बनाउन र जनयुद्धका शहीदलाई राष्ट्रिय शहीदका रूपमा निर्णय गरी राजपत्रमा प्रकाशित गर्न पार्टीले पहल लिनुपर्ने बताएका छन् ।

सबै टोली नेताले रिपोर्टिङ प्रस्तुत गरेपछि त्यसबारे थप छलफल गरेर निर्णय लिन स्थायी कमिटी बैठक बसेको छ ।

निष्कर्ष सुनाउने टोली नेताहरु यस प्रकार छन् ।
प्रदेश १ –राम कार्की
प्रदेश २– रामचन्द्र झा
बागमति प्रदेश–नारायण दाहाल
गण्डकी प्रदेश–हितराज पाण्डे
लुम्बिनी प्रदेश –ओनसरी घर्ती
कर्णाली प्रदेश–माया प्रसाद शर्मा
सुदूर पश्चिम प्रदेश–नेप बहादुर चौधरी
सम्पर्क प्रदेश,बिशेष प्रदेश, प्रबास र केन्द्रीय कार्यालययुवराज चौंलागाईं


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर