माओवादीको अन्तरिम विधान- केन्द्रीय समितिका २९९ जनाले अध्यक्ष र पदाधिकारी चयन गर्ने – Nepal Press

माओवादीको अन्तरिम विधान- केन्द्रीय समितिका २९९ जनाले अध्यक्ष र पदाधिकारी चयन गर्ने

काठमाडाैं । नेकपा माओवादी केन्द्रको अन्तरिम विधानमाथि केन्द्रीय सदस्यहरुले समूहगत छलफल चलाइरहेका छन् । अध्यक्ष प्रचण्डले शनिवारको बैठकमा पेश गरेको विधान मस्यौदा प्रस्तावमा २९९ सदस्यीय केन्द्रीय समिति रहने उल्लेख छ ।

राष्ट्रिय सम्मेलनले केन्द्रीय समिति चयन गर्ने र त्यो केन्द्रीय समितिले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहितको पदाधिकारी टिम चयन गर्ने विधान मस्यौदामा प्रस्ताव गरिएको छ ।

त्यस्तै केन्द्रीय सदस्यको एक तिहाई रहेको पोलिटव्यूरो र पोलिटव्युरोको एक तिहाई स्थायी कमिटी रहने र महासचिवको नेतृत्वकाे केन्द्रीय कार्यालय सन्चालन टिम बनाउने उल्लेख छ । यो एमालेको जस्तै व्यवस्था हो ।

विधानमा पार्टीका सबै समितिमा महिलाको ३५ प्रतिशित प्रतिनिधित्व हुनुपर्ने र केन्द्रीय समितिमा दलितलाई १५ प्रतिशतको व्यस्था गरिएको छ । माओवादीको यसअघि विधान प्रष्ट नभएकाले यसपटक विधानमै धेरै विषय प्रष्ट पार्न खोजिएको छ ।


प्रतिक्रिया

One thought on “माओवादीको अन्तरिम विधान- केन्द्रीय समितिका २९९ जनाले अध्यक्ष र पदाधिकारी चयन गर्ने

  1. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख खाेज्ने माओवादीले संसदीय व्यवस्था अनुसारै के स ले अध्यक्ष चुन्ने पाे भनियाे त विधानमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर