माओवादीको दुई दिवसीय केन्द्रीय समिति बैठक बस्दै – Nepal Press

माओवादीको दुई दिवसीय केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को दुई दिनसम्म चल्ने केन्द्रीय समितिको बैठक आजदेखि बस्दै छ ।

बैठक बिहान ११ बजे बत्तीसपुतलीको अनुमप क्याफेमा बस्न लागेको केन्द्रीय सदस्य गणेश पुनले जानकारी दिए । स्थायी समिति सदस्य गणेश साहका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र साङ्गठानिक प्रतिवेदन पेश गर्ने एजेन्डा छ ।

त्यस्तै मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे पनि हुने साहले जानकारी दिए ।

शुक्रबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले प्रचण्डले तयार गरेको राजनीतिक र सांगठानिक प्रतिवेदनलाई एकरुपता दिँदै केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समिति बैठकपछि माओवादी केन्द्रले पार्टीको सांगठानिक संरचनाबारे महत्पूर्ण निर्णय लिने ठानिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर