कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा घोषणा (सूचीसहित) – Nepal Press

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा घोषणा (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।

जारी केन्द्रीय समिति बैठकमा आफूले राजीनामाको घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।

कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।  आमन्त्रित केन्द्रीय सदस्य भने तलबाटै निर्वाचित हुनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था हटाउनपर्ने उनीहरुको माग छ । २२ जनाको तर्फबाट कृष्णकिशोर घिमिरेले संयुक्त राजीनामा पत्र सभापति शेरबहादुर देउवालाई बुझाएका हुन् ।

सामूहिक राजीनामा घोषणा गरेका २२ केन्द्रीय सदस्यहरु :

१. नन्दनकुमार दत्त
२. कुमार खड्का
३. बालकृष्ण पाण्डेय
४. गोरख (आनन्द) विष्ट
५. नरेन्द्रकुमार चौधरी
६. हसन अन्सारी
७. किरणराज शर्मा पौडेल
८. रमा कोइराला पौडेल
९. कृष्णकिशोर घिमिरे
१०. गोपालकुमार बस्नेत
११. सुधीरकुमार शिवाकोटी
१२. मनोहरनारायण श्रेष्ठ
१३. ध्रुव वाग्ले
१४. मोहनसिंह राठौर
१५. शम्भुलाल श्रेष्ठ
१६. अभिषेख प्रताप शाह
१७. दयाराम पाण्डे
१८. जनकराज कलौनी
१९. भूमिबहादुर (विश्व) गुरुङ
२०. आशाराम चौधरी
२१. दिलीप राई
२२. राजेश बहादुर सिंह


प्रतिक्रिया

One thought on “कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा घोषणा (सूचीसहित)

  1. ठिक गर्नु भएछ।याे पनि अधिवेसनका लागि एकप्रकारकाे दवाव नै हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर