संसदमा एमालेको प्रश्न- केपी ओली सत्तापक्ष हुन् ? सत्तापक्षबाट प्रतिपक्षलाई गालिगलौज किन ? (भिडियो) – Nepal Press

संसदमा एमालेको प्रश्न- केपी ओली सत्तापक्ष हुन् ? सत्तापक्षबाट प्रतिपक्षलाई गालिगलौज किन ? (भिडियो)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा सत्तापक्षका सांसदहरुको अभिव्यक्तिले संसदीय मर्यादा र पद्धति उल्लंघन भएको भन्दै औपचारिक रुपमा आफ्नो आपत्ति दर्ज गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठक शुरु हुनासाथ नियमित प्रक्रियामा जान नदिइ एमालेले आपत्ति जनाएको थियो । सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्ने समय दिएपछि उनले सत्तापक्षका अभिव्यक्तिहरुप्रति आपत्ति जनाएका हुन् ।

भट्टराईले सर्वोच्च अदालतको परमादेशबाट विपक्षी बेञ्चमा पुगेका केपी ओलीलाई गाली गलौज गरेर ओली अहिले पनि सरकारकै नेतृत्वमा रहेको जस्तो व्यवहार सत्तापक्षले गरेको बताए । उनले सरकारमा बस्नेहरु प्रतिपक्षी जस्ता भएको टिप्पणी गरे ।

उनले भने– यो सरकार जनादेशले होइन, परमादेशले बदलिएको छ । आज पनि परमादेशबाट हटेका केपी ओलीलाई सबैभन्दा ठूलो सत्तापक्ष जसरी गालीगलौजको केन्द्रबिन्दु बनाइएको छ । सरकारमा बस्नेतहरु प्रतिपक्ष जस्ता भएका छन् ।

बिहीबारको बैठकमा कांग्रेस सांसद गगन थापा र माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष ओलीले पछिल्लो पटक प्रतिनिधिसभामा बोलेका कुरालाई लिएर टिप्पणी गरेका थिए । एमालेले विपक्षी दलका नेतामाथि सत्तापक्षबाट भएका अमर्यादित अभिव्यक्ति सैह्य नहुने चेतावनी समेत दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर