ओलीबारे मात्रिका यादवका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ – Nepal Press

ओलीबारे मात्रिका यादवका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।

एमालेले सो अभिव्यक्ति हटाउन माग गर्दै सदन शुरु हुनासाथ आपत्ति जनाएपछि सभामुखले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।प्रतिनिधिसभाको शुक्रवारको बैठक शुरु हुनासाथ एमाले सांसदहरु आ आफ्नो ठाउँमा उठेका थिए । त्यसपछि सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिए ।

भट्टराईले यादवले एमाले संसदीय दलका नेता तथा पूर्व प्रधामन्त्री ओलीको स्वास्थ्यलाई लिएर दिएका अभिव्यक्ति असंसदीय भएको र कुनै हालतमा स्वीकार्य नहुने भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर