आफन्तको नाममा सेयर किनेका ढुंगाना र साउदलाई अर्थसमितिले बोलायो – Nepal Press

आफन्तको नाममा सेयर किनेका ढुंगाना र साउदलाई अर्थसमितिले बोलायो

काठमाडौं । अर्थ समितिले धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृतलाई छलफलका लागि बोलाएको छ ।

सर्वोत्तम सिमेन्टको भित्री सूचनाका आधारमा (इनसाइडर ट्रेडिङ) सेयर लिएको विषयमा बुझ्न धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउदलाई आइतबारको बैठकमा बोलाइएको समितिका एक सदस्यले बताए ।

ढुंगाना र साउदले परिवारका सदस्यका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेका थिए । ढुंगानाले छोरीका नाममा र साउदले श्रीमतीका नाममा सेयर किनेका छन् । ढुंगाना र साउदको मिलोमतोले नै सर्वोत्तम सिमेन्टले पहिलोपटक प्रिमियम मूल्यमा सेयर जारी गर्ने अनुमति पाएको थियो ।

योसम्बन्धी मुद्दा अख्तियारमा पनि विचाराधीन छ ।

सर्वोत्तम सिमेन्टको सेयर किनेपछि अध्यक्ष ढुंगाना र सीईओ विवादमा मुछिएका छन् । सर्वोत्तम सिमेन्टले चुक्ता पूँजीको १५ प्रतिशत बराबर हुने ६० लाख साधरण सेयर जारी गर्ने तयारी गरेको छ । सर्वोत्तम सिमेन्टले ७५० रुपैयाँ प्रतिकित्तामा सेयर बेच्ने प्रस्ताव गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर