विदेशीका लागि न्यूजिल्यान्ड एकवर्ष बन्द हुने, २०२२ देखि सीमा खोल्ने प्रधानमन्त्रीको घोषणा – Nepal Press

विदेशीका लागि न्यूजिल्यान्ड एकवर्ष बन्द हुने, २०२२ देखि सीमा खोल्ने प्रधानमन्त्रीको घोषणा

वेलिङ्टन । यसवर्षको अन्त्यसम्म न्यूजिल्यान्डको अन्तर्राष्ट्रिय सीमा बन्द रहने भएको छ । प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले कोभिड–१९ संक्रमण रोकथाम र अर्थतन्त्रलाई खुला राख्न यस्तो निर्णय लिइएको बताइन् ।

उनका अनुसार अर्को वर्षदेखि न्यूजिल्यान्डमा निजी क्वारेन्टिन मोडल लागू गरिनेछ । सन् २०२१ भित्र सबै जनसंख्यालाई खोप लगाइने सरकारको प्राथमिकता रहेको बताइन् ।

कोभिड महामारी रोकथामका लागि न्यूजिल्यान्डले विश्वमै महत्वपूर्ण सफलता हासिल गरेको छ । ५० लाख जनसंख्या रहेको मुलुकमा कोभिडबाट मृत्यु हुनेको संख्या जम्मा २६ रहेको छ ।

‘हामी अहिल्यै सीमा खुला गर्ने तयारीमा छैनौं’ प्रधानमन्त्री आर्डेनले भनिन्, ‘हामी यसबाट अगाडि बढ्दा निकै सतर्क हुनेछौं । हामी जतिसक्दो धेरै आत्मविश्वासका साथ अघि बढ्न चाहन्छौं ।’

उनका अनुसार अर्कोवर्ष न्यूजिल्यान्ड खुला हुँदा कोभिडको जोखिम कम भएका मुलुकका खोप लगाएका पर्यटकलाई विना क्वारेन्टिन भ्रमणको अनुमति मिल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर