कांग्रेस बैठक : नोट अफ डिसेन्टबारे यसो भने कल्याणले ? – Nepal Press

कांग्रेस बैठक : नोट अफ डिसेन्टबारे यसो भने कल्याणले ?

काठमाडौं । बूढानीलकण्ठमा जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा कल्याण गुरुङले क्रियाशील सदस्यता छानबिन समितिमा राखेको नोट अफ डिसेन्टको जानकारी गराएका छन् ।

‘समितिको प्रतिवेदन पार्टी विधान, केन्द्रीय समितिको निर्णय र सदस्यता सम्बन्धी निर्देशिकाविपरीत छ । बिनाकागजात क्रियाशील सदस्यता टुंग्याइयो । डकुमेन्ट आउँछ भनेर देखाइएन ।’ सदस्यता छानविन समितिका सदस्यसमेत रहेका गुरुङले भने ।

क्रियाशील सदस्यता वितरण विधानविपरीत अभ्यास भएकोले अहिलेसम्म समस्या यथावत रहेको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर