यस्ता छन्, बार्सिलोनामा मेसीले तोड्न नसकेका कीर्तिमान ! – Nepal Press

यस्ता छन्, बार्सिलोनामा मेसीले तोड्न नसकेका कीर्तिमान !

काठमाडौं । लियोनेल मेसी क्लबबाट बिदा भएसँगै बार्सिलोनाको एक गौरवशाली अध्यायको अन्त्य भएको छ । सन् २००० मा सुरु भएको मेसीको बार्सिलोना यात्रा २०२१ मा उनको क्लब सम्झौतासँगै समाप्त भएको छ । मेसीले क्लबमा आधा तलब घटाएर बस्ने इच्छा राखे पनि ला लिगाको नियमका कारण बार्सिलोना बसाइमा पूर्णविराम लागेको छ । र, मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँग दुई वर्षको सम्झौतामा आबद्ध भएका छन् ।

मेसी काटलान क्लबको इतिहासकै सर्वाधिक सफल खेलाडी हुन् । उनी बार्सिलोनाबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । बार्सिलोनाका लागि ७ सय ७८ खेल खेलेका मेसीले ३५ उपाधि जितेका छन् । मेसी बार्सिलोनाका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्, उनले ६ सय ७२ गोल गरेका छन् ।

१७ वर्ष बार्सिलोनाको जर्सी लगाएर खेलेका मेसीले धेरै रेकर्ड बनाएका छन् । ६ पटक बालन डी’अर जित्ने तथा एकै क्लबका लागि सर्वाधिक गोलकर्ता जस्ता अद्भूत कीर्तिमान मेसीकै नाममा छन् । तर, अप्रत्याशित रूपमा नयाँ सिजनका लागि क्लब छाड्नु परेपछि केही इतिहासको नजिक पुगेर पनि भङ्ग गर्न भने मेसी असफल रहे ।

मेसी एउटै क्लबका लागि सबैभन्दा धेरै ट्रफी जित्ने खेलाडी हुन् ?

लियोनल मेसीले बार्सिलोनाको खेलाडीको रूपमा डोमेस्टिक र युरोपेली क्लब फुटबलका गरी कूल ३५ ट्रफी जितेका छन् । तर, म्यान्चेस्टर युनाइटेडका महान खेलाडी रायन गिग्सपछि एउटै क्लबबाट धेरै ट्रफी जित्ने खेलाडी बने । गिग्सले युनाइटेडबाट ३६ ट्रफी जितेका छन् ।

खेलाडी क्लब उपाधि
रायन गिग्स म्यानचेस्टर युनाइटेड ३६
लियोनेल मेसी बार्सिलोना ३५
जाभी हर्नान्डेज बार्सिलोना ३३
एन्द्रेस इनिएस्टा बार्सिलोना ३०
जेरार्ड पिके बार्सिलोना ३०

सबैभन्दा धेरै पटक ला लिगा उपाधि जित्ने खेलाडी को हुन् ?

बार्सिलोनासँग १७ वर्षको यात्रामा मेसीले १० पटक ला लिगा जितेका छन् । उनी लिगको इतिहासकै संयुक्त रूपमा दोस्रो सफल खेलाडी हुन् । रियाल मड्रिडका पूर्व खेलाडी पिरी र उनका सफलता बराबरी छन् । रियालका अर्का महान् पाको जेन्टो १२ उपाधिसहित ला लिगाको इतिहासकै सर्वाधिक सफल खेलाडी हुन् ।

पोजिसन खेलाडी क्लब ला लिगा उपाधि
पाको गेन्टो रियाल मड्रिड १२
लियोनेल मेसी बार्सिलोना १०
पिरी रियाल मड्रिड १०
एन्द्रेस इनिएस्टा बार्सिलोना
जोसे एन्टोनियो कमाचो रियाल मड्रिड
सान्टिलाना रियाल मड्रिड
अमानसिओ रियाल मड्रिड

युईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडी को को हुन् ?

मेसी बार्सिलोनाबाट दोस्रो सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले च्याम्पियन्स लिगमा १ सय ४९ खेल खेलेका छन् । मेसीका पूर्व टिममेट जाभी हर्नान्डेजले बार्सिलोनाबाट च्यापियन्स लिगमा १ सय ५१ खेल खेलेका छन् ।

खेलाडी खेल अवधि
जाभी हर्नान्डेज १५१ १९९८-२०१५
लियोनेल मेसी १४१ २००५-२०२१
एन्द्रेस इनिएस्टा १३० २००२-२०१८
सर्जियो बुस्केट ११९ २००८-अहिलेसम्म
जेजार्ड पिके ११५ २००८-अहिलेसम्म

मेसी कोपाडेल रेका सर्वाधिक गोलकर्ता हुन् त ?

होइनन् । कोपाडेल रे इतिहासको चौथो सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्, मेसी । बार्सिलोना करियरमा सात पटक कोपाडेल रे जितेका मेसीले प्रतियोगितामा ५६ गोल गरेका छन् । पूर्व स्पेनिस स्ट्राइकर टेल्मो जारा ८१ गोलसहित प्रतियोगिताको सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् ।

खेलाडी क्लब वर्ष गोल
टेल्मो जारा एथ्लेटिक बिल्बाओ १९३९-१९५७ ८१
जोसेप सामिटाएर बार्सिलोना, रियाल मड्रिड १९१९-१९३४ ७०
ग्विलेर्मो गोरोस्टिजा रेसिङ फेरोल, एथ्लेटिक बिल्बाओ, भ्यालेन्सिया १९२८-१९४६ ६४
लियोनेल मेसी बार्सिलोना २००४-२०२१ ५६
एडमुन्डो स्वारेज भ्यालेन्सिया १९३९-१९५० ५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर