विधानविपरीतका सदस्यता खारेज गरेर मात्रै महाधिवेशन : शेखर कोइराला – Nepal Press

विधानविपरीतका सदस्यता खारेज गरेर मात्रै महाधिवेशन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्रियाशील सदस्यताको विधिसम्मत टुंगो नलागेसम्म महाधिवेशन हुन नसक्ने स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा राख्दै नेता कोइरालाले तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका र छानविन समितिले मापदण्ड बनाइ निर्णय गरेबाहेकका सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताएका हुन् ।

‘केन्द्रबाट विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्‍याइ वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न’, कोइरालाले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर