मानुषी लघुवित्तको आईपीओ खुल्यो – Nepal Press

मानुषी लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं ।मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित आईपीओ निष्कासन गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

लघुवित्तले ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर ल्याएको हो । जस मध्ये कम्पनीले १९ हजार ६ सय ८८ कित्ता सेयर म्युचुअल फण्डलाई र ५ हजार ४ सय ६९ कित्ता शेयर कर्मचारीलाई छुट्याएरको छ । भने बाँकी रहेको ६ लाख ६८ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गर्नेछ ।
कम्पनीको आईपीओ आजबाट निष्कासन भई छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गते बन्द हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *