पेरिस उड्न सपरिवार बार्सिलोना विमानस्थल पुगे मेसी (भिडियो) – Nepal Press

पेरिस उड्न सपरिवार बार्सिलोना विमानस्थल पुगे मेसी (भिडियो)

काठमाडौं । लियोनेल मेसी पेरिस सेन्ट जर्मन (पीएसजी)सँगको सम्झौतालाई पूर्ण रूप दिन आज फ्रान्स जाँदैछन् ।

केही बेरअघि मात्रै उनी फ्रेन्च हेभिवेटसँग अनुबन्धित हुने निश्चित भएसँगै अहिले मेसी आफ्नो परिवारसहित बार्सिलोना विमानस्थल पुगेका छन् ।

मेसीले आजै पेरिस पुगेर सम्झौता पत्रमा हस्ताक्षर गर्ने बताइएको छ । र, मेसीका बुबा तथा एजेन्ट जर्ज मेसीले पनि पीएसजीसँगको सम्झौताका लागि फ्रान्स जान लागेको पुष्टि गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर