ओलीले भने- खोप ल्याएर थुपारिदिएका छौँ, चैतसम्म किन पर्खिनुहुन्छ ? – Nepal Press

ओलीले भने- खोप ल्याएर थुपारिदिएका छौँ, चैतसम्म किन पर्खिनुहुन्छ ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले यथेष्ट खोप ल्याएर थुपारेको भन्दै छिटो वितरण गर्न माग गरेका छन् । उनले लगभग एक करोड खोप स्टकमा रहेको बताए ।

संसद बैठकमा बोल्दै ओलीले भने, ‘मेरो सरकारले खोप ल्याएर थुपार्देको छ त । चैतसम्म किन पर्खिनुहुन्छ ? लगाउनुस् न छिटोछिटो । लगभग एक करोड स्टकमा छ । एकैचोटि ल्याएर राख्न नमिलेको भएरमात्र हो । आइराख्या छ । चैतसम्म भनेको के फागुनको निर्वाचन नगर्न खोजेको हो कोभिड छ भनेर ? म पहिल्यै सजक गराउन चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर