कैलालीमा बन्दुकसहित वडाध्यक्ष पक्राउ – Nepal Press

कैलालीमा बन्दुकसहित वडाध्यक्ष पक्राउ

कैलाली । कैलालीमा एक वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरी हतियारसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले वडाध्यक्ष चौधरी सहित धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहितकुमार शाहलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

गौरीगङ्गा नगरपालिका–९, शंकरपुरस्थित पूर्वपश्चिम राजमार्गमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

बा १७ च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा जिपभित्र लुकाई राखिएको अवस्थामा बाह्रबोर १, त्यसको कार्टिज १ र पोइन्ट टु–टु १ थान, त्यसको गोली १० राउण्डसमेत फेला पारी बरामद गरिएको उनले बताए ।

चौधरी र शाह दुवैलाई पक्राउ गरी हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर