बल्खुमा प्रदर्शन : विद्यार्थी हामी पनि हौं, कोरोना हामीलाई पनि सर्न सक्छ (तस्बिरहरू) – Nepal Press

बल्खुमा प्रदर्शन : विद्यार्थी हामी पनि हौं, कोरोना हामीलाई पनि सर्न सक्छ (तस्बिरहरू)

काठमाडौं । पूर्वनिर्धारित परीक्षा नरोक्ने त्रिभुवन विश्वविद्यालयको निर्णयविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

कोरोना महामारीको जोखिमका बीच परीक्षा संचालन गर्न लागिएकोमा भौतिक उपस्थितिमा परीक्षा दिन नसकिने भन्दै विद्यार्थीले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा विरोध जनाएका छन् ।

विद्यार्थीको जीवनसँग संवेदनशील विषय भएको भन्दै विद्यार्थीहरूले परीक्षा स्थगित हुनुपर्ने, अनलाइन परीक्षा संचालन गरिनुपर्ने, डिजिटलाइज्ड सिट योजना र परीक्षा केन्द्र निर्मलीकरणलगायतका माग राखेका छन् ।

त्रिभुवन विश्वविद्यालयले भदौ ५ सम्म निर्धारण गरिएको परीक्षालाई स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षा भने परिस्थिति हेरेर निर्णय गरिने विश्वविद्यालयले जनाएको छ ।

 
 
 
 
 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर