चिनियाँ राजदूतले गृहमन्त्री भेटिन्, थप खोप उपलब्ध गराउने प्रतिबद्धता – Nepal Press

चिनियाँ राजदूतले गृहमन्त्री भेटिन्, थप खोप उपलब्ध गराउने प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाा राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित प्रवर्द्धन र कोभिडविरुद्ध सहकार्यबारे छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ । भेटका क्रममा राजदूत यान्छीले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैँ सकारात्मक रहेको अवगत गराएको जनाइएको छ । साथै यान्छीले कोभिडविरुद्धको लडाइँ र नेपाली नागरिकको जीवन रक्षाका लागि चीनले सकेको सहयोग गर्ने बताइन् ।

गृहमन्त्री खाणले कोभिडविरुद्धको खोप उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्दै नेपाललाई थप सहयोग आवश्यक रहेको औंल्याए । ‘हामीलाई अझै खोपको आवश्यकता छ । चीनले यसमा थप सहयोग गर्नेछ भन्ने विश्वास छ’, गृहमन्त्री खाणलाई उद्धृत गर्दै उनको सचिवालयले भन्यो ।

सोक्रममा राजदूत यान्छीले नेपाललाई आवश्यक पर्ने थप खोप उपलब्ध गराउन चिनियाँ सरकार सकारात्मक रहेको जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर