घुस अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी पृरस्कृत – Nepal Press

घुस अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी पृरस्कृत

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक कारवाहीका क्रममा घुस दिन खोज्ने चालकको प्रलोभनमा नपरी जिम्मेवारीपूवर्क काम गरेर घुस दिन खोज्ने चालकलाई कारवाहीको दायरामा ल्याउने कार्यमा संलग्न ३६ ट्राफिक प्रहरीलाई पृरस्कृत गरको छ । महाशाखाले शुक्रबार महाशाखाको कार्यालयका सम्मान कार्यक्रम आयोजना गर्दै नौ जनालाई भने वृत्ति विकासमा सहयोग पुग्ने गरी अभिलेख रहने गरी पुरस्कृत गरेको जनाएको छ ।

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकको प्रलोभनमा नपर्नका लागि अन्य प्रहरीलाई प्रेरणा मिलोस् भनेर महाशाखाले यस्तो अभियान सञ्चालन गरिरहेको महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले नेपाल प्रेससँग बताए ।

उनका अनुसार यसै क्रममा ४९ जना चालकलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको छ। ट्राफिक प्रहरीले नियम उल्लङ्घनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको एसएसपी भट्टराइको भनाइ छ ।

उनले भने, ‘खराब मानसिकता भएका घुष दिन खोज्ने चालकलाई हरेक दिन नियन्त्रणमा लिने गरिएको छ । त्यस्ता चालकलाई कुनै पनि बहानामा कानूनी कारवाहीको दायराबाट बाहिर जान दिइएको छैन । महाशाखा अझै यो भन्दा कडा कारवाहीमा जाने तयारीमा छ ।’

महाशखाले सवारी चालकलाई ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्न र ट्राफिक नियमको उल्लघन पछि कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने प्रयास नगर्न आग्रह गरिएको महाशाखाका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) सञ्जिव शर्मा दासले नेपाल प्रेससँग बताए ।

एसपी) दासका अनुसार गत आआर्थिक वर्षमा घुस बापत ९० हजार एक सय ५५ रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक सय ६५ जना सवारी चालकलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पृरस्कृत गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर