स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै गोविन्द केसीद्वारा सत्याग्रह घोषणा – Nepal Press

स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै गोविन्द केसीद्वारा सत्याग्रह घोषणा

काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकार समक्ष विभिन्न पाँच बुँदे मागहरु अघि सारेका छन् । माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने उनको घोषणा छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उनको पहिलो माग छ । स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्य मन्त्री नियुक्त गरिएको भन्दै उनले तत्काल पदमुक्त गर्नुपर्ने बताएका छन् ।

डा. केसीको मागपत्रमा भनिएको छ, ‘हप्तौंसम्म स्वास्थ्यमन्त्री नियुक्त नभएको अवस्थामा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डोर्‍याउने प्रयास गरेको छ । महामारीको यस्तो जटिल मोडमा कुशल र स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुको विकल्प छैन ।’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने केसीको अर्को माग छ । प्रतिष्ठानमा डेढ महिनाभन्दा बढी चलेको आन्दोलनका मागहरू पूरा गर्नेबारे हालै भएको सम्झौता अक्षरस: कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर