माधव पक्षलाई गोकुलको जवाफ- सदस्यता नवीकरण र विधान महाधिवेशन रोकिँदैन – Nepal Press

माधव पक्षलाई गोकुलको जवाफ- सदस्यता नवीकरण र विधान महाधिवेशन रोकिँदैन

आए गलखेत छँदैछ, गए झोडा भाँडेर खुइ काड्लान

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपाल पक्षको माग बमोजिम पार्टी सदस्यता नवीकरण र विधान महाधिवेशनलगायतका कमिटीका अधिवेशनहरू नरोकिने प्रष्ट पारेका छन् ।

काठमाडौंमा जारी माधवपक्षीय बैठकले विधानलगायतका अधिवेशन र सदस्यता नवीकरणको काम रोक्नुपर्ने बताएलगत्तै अध्यक्ष केपी ओलीनिकट नेता बास्कोटाले पार्टी नै भाँड्न खोज्नका माग सुन्न नपर्ने बताएका हुन् ।

बास्कोटाले नेपाल पक्षलाई भनेका छन्, ‘न नवीकरण प्रक्रिया रोकिन्छ न त विधान महाधिवेशन नै।पार्टी नै भांड्न खोज्नेका माग सुन्न पर्दैन । आए गल खेत छदैछ गए झोडा फाँडेर खुइ काड्लान । त्यो पनि नभए देउवाको भजनकृतन मण्डलीको सदस्य बन्ने देउवा मन पर्छ भन्ने टिकटक बनाउने ।’

एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन तोकेको छ भने असोज ९ भित्र स्थानीय तहका अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेको छ । नेपाल पक्षले यी सबै प्रक्रिया रोक्नुपर्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर