नेप्सेमा दैनिक नयाँ रेकर्ड, साढे १५ अर्ब कारोबार – Nepal Press

नेप्सेमा दैनिक नयाँ रेकर्ड, साढे १५ अर्ब कारोबार

काठमाडौं । नेप्से परिसूचक आज १२.०५ अंकले बढ्दै ३,१२३.१५ विन्दुमा रोकिएको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

आज २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर किनबेचमा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रूपैयाँ कारोबार भयो । सबैभन्दा धेरै अपि हाइड्रोको ७९ करोड कारोबार भयो ।

आज एक दर्जन कम्पनीको सेयर मूल्य उच्च अंकले बढ्न पुगेको छ । ६ वटा जलविद्युत कम्पनीमा सकारात्मक सर्किट लागेको छ । हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।

हाइड्रो समूहको परिसूचक ५.८१ प्रतिशतले बढ्न पुगेको छ । आज लघुवित्त कम्पनीका सेयरधनीले सबैभन्दा धेरै २.११ प्रतिशत गुमाउन पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर