गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष र सल्लाहकार सम्पादकको राजिनामा स्विकृत – Nepal Press

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष र सल्लाहकार सम्पादकको राजिनामा स्विकृत

काठमाडौं । सरकारले गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र सल्लाहकार सम्पादक गोपाल खनालको राजिनामा स्विकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै जनाको राजिनामा स्विकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्दबहादुर कार्कीले जानकारी दिए ।

केपी ओली नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले काम नगर्न आदेश दिएपछि शेरबहादु देउवा नेतृत्वको सरकार गठन भएको केहि दिनमा नै उनिहरु दुवै जनाले प्रधानमन्त्री समक्ष राजिनामा दिएका थिए । ओली नेतृत्वको सरकारले भण्डारीलाई तीन वर्ष अघि कार्यकारी अध्यक्ष र दुई वर्ष अघि खनालाई सल्लाहकार सम्पादक एक वर्ष अघि नियुक्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *