शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय – Nepal Press

शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

अध्यक्षमा मधु प्रसाद रेग्मी नियुक्त

काठमााडौं । सरकारले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको नियमित बैठकले आयोगको अध्यक्षमा मधु प्रसाद रेग्मी र सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनिहरुलाई आयोगमाा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी गराएका हुन् । करिव एक वर्षदेखि शिक्षक सेवा आयोग पदाधिकारी बिहिन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर