एमालेलाई गृहमन्त्रीको जवाफ- छानविन समितिको प्रतिवेदन पर्खिनुपर्छ – Nepal Press
संसद बैठक

एमालेलाई गृहमन्त्रीको जवाफ- छानविन समितिको प्रतिवेदन पर्खिनुपर्छ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जयसिंह धामी बेपत्ता भएको घटनाबारे निष्कर्षमा पुग्न सरकारद्वारा गठित छानविन समितिको प्रतिवेदन पर्खिनुपर्ने बताएका छन् । संसद बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा पनि उनले घटनामा एसएसबीलाई जोड्न चाहेनन् ।

गृहमन्त्री खाणले भने, ‘म माननीयज्यूहरूको संवेदनसीलताको सम्मान गर्छु । यसमा सरकारले छानविन समिति बनाएको छ । समितिले घटनास्थलमै पुगेरै छानविन गर्नेछ । तुइन तर्न सफल भएका चारजनासँग पनि समितिले सोधपुछ गरेको छ । उहाँहरूको जानकारीलाई पनि छानविन समितिले मूल आधार बनाउने हो ।’

उनले छानविन समितिको निष्कर्षलाई दृढताका साथ अघि बढाउने भन्दै नागरिकको जीवन रक्षा गर्नु सरकारको मूल कर्तव्य भएको बताए ।

‘प्रतिवेदन आएपछिमात्रै अन्तिम निष्कर्षमा पुग्न सकिन्छ । प्रतिवेदन नआउँदासम्म मृतक पनि भन्न मिल्दैन । सत्य र तथ्यको आधारसीलामा नै प्रतिवेदन आउने हो । यसमा सरकारले पूर्णरूपमा अडान लिने छ र जुनसुकै कदम चाल्न सरकार तयार छ ।’

संसद बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री खाणले बेपत्ता भएका जयसिंह धामीको नेपाली र भारतीय सुरक्षा निकायले खोजी गरिरहेको बताएका थिए । घटनाको सत्य तथ्य लुकाएको भन्दै एमाले सांसदहरूले विरोध गरेका थिए ।


प्रतिक्रिया

One thought on “एमालेलाई गृहमन्त्रीको जवाफ- छानविन समितिको प्रतिवेदन पर्खिनुपर्छ

  1. यी भुस्याहा हरुलाई क मतलब जबसम्म आफ्न छोराछोरी पर्दैनन् यिनिहले केही वास्ता राख्दैनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर