पदमुक्त भएका शाहीले भने- सर्वोच्चको फैसला सही छ, हामी माधव नेपालको एमाले हौं – Nepal Press

पदमुक्त भएका शाहीले भने- सर्वोच्चको फैसला सही छ, हामी माधव नेपालको एमाले हौं

सुर्खेत । फ्लोरक्रस गरेर माओवादी नेतृत्वको सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा स्वतन्त्र हैसियतमा वैशाख १५ गते सपथग्रहण गरेका कुर्मराज शाहीले सर्वोच्च अदालतले गरेको आदेश लोकतन्त्रको विधि र प्रक्रिया जोगाउन आएको बताउँदै उक्त फैसलाको स्वागत गरेका छन् ।

नेपालप्रेससँग कुरा गर्दै मन्त्री शाहीले सर्वोच्च अदालतको आदेश अपेक्षाकृत नै रहेको दाबी गरे ।

तपाईंको विरुद्धमा आएको फैसलालाई किन स्वागत गर्नु भएको भन्ने प्रश्नमा उनले भने, ‘यो फैसला लोकतन्त्रको पक्षमा आएको छ । लोकतान्त्रिक विधी र पद्धतीको पक्षमा आएको छ । त्यो हाम्रो पक्ष वा विपक्ष भन्दा पनि दलीय शासनको पक्षमा आएको छ ।’ उनले आफुहरु एमाले नै रहेको प्रतिक्रिया दिए ।

‘केपी ओलीको एमाले होइनौं माधव नेपालको एमाले हौं । यामलाल कंडेलको एमाले होइनौं, प्रकाश ज्वालाको एमाले हौं ।’ उनले भने, ‘अहिले पनि हामी एमाले नै हौं, हिजो पनि थियौं र भोली पनि हामी एमाले नै हुन्छौं । अहिले यत्ति बुझ्नुस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर