स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने एमालेको निर्णय, केन्द्रीय कमिटी बैठक आह्वान – Nepal Press

स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने एमालेको निर्णय, केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौं । नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन तोकेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

त्यस्तै साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । भोलि ३ बजे पुन: स्थायी कमिटी बस्ने निर्णय गरी नेताहरू उठेका छन् ।

महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको भन्दै २०७५जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर