झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार – Nepal Press

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौं । कारोबारको पहिलो दिन नेप्से परिसूचक १.२५ अंकले बढ्दै ३,०८१.६ विन्दुमा रोकिएको छ ।

कारोबार रकममा पनि आज केही सुधार देखिएको छ । ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर किनबेचमा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रूपैयाँ कारोबार भएको छ । गत बिहीबार करिब ११ अर्ब कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीका सेयरधनीले कमाएका छन् भने गुमाउनेमा होटल तथा टुरिजमका लगानीकर्ता रहेका छन् । आज सबैभन्दा बढी नेश्नल हाइड्रोपावर कम्पनीको ३६ करोडको कारोबार भयो । ६ वटा कम्पनीको सेयरमा आज सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर