अर्थको स्पष्टीकरणमा धितोपत्र बोर्डका कर्मचारीको असन्तुष्टी, दोषीलाई निलम्बनकाे माग – Nepal Press

अर्थको स्पष्टीकरणमा धितोपत्र बोर्डका कर्मचारीको असन्तुष्टी, दोषीलाई निलम्बनकाे माग

काठमाडौं । अर्थमन्त्रालयले धितोपत्र बोर्डको नाममा पठाएको पत्र प्रति बोर्डका कर्मचारी युनियनले असन्तुष्टि जनाएका छन् ।

सञ्चालक तथा अध्यक्षबाट भएको गल्तीमा अर्थमन्त्रालयले सम्पुर्ण बोर्डको गरिमा तथा प्रतिष्ठामाथि प्रश्न उठाउनु गलत भएको कर्मचारी युनियनले ठहर गरेको छ ।

धितोपत्र ऐन २०६३ अनुसार बोर्डको अध्यक्ष नियुक्ति गर्दा अध्यक्षका योग्यताहरु तोकिएकाले उनले पदमा रहँदा आफ्नो लव्ध प्रतिष्ठा र बोर्डको गरिमालाई समेत कायम राख्नुपर्ने युनियनको भनाई छ ।

बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बुक विल्डिङ मार्फत आईपीओ जारी गर्न लागेको सर्वोच्चम सिमेन्टमा सेयर अपचलन गरेको तथ्यहरु आएको थियो । उक्त तथ्यहरुका आधारमा अर्थमन्त्रालले बोर्डलाई तीन दिनभित्र स्पष्टीकरण लेखेर पठाउन भन्दै पत्र काटेको थियो ।

साउन १३ अर्थले लेखेको पत्रले सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत बिषयमा पुरै संस्थालाई मुछेर पत्र लेखिएकोमा यूनियनले खेद प्रकट गरेको छ ।संचालकहरुले कार्य गर्नुपर्नेमा सो नगरी संस्थाको गरिमामा आँच आउने कार्य गर्न छुट नहुने समेत युनियनको भनाई छ ।

बुक विल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सो संग निहित सम्बेदनशिल जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरिद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा संचालकका रुपमा गम्भिर विचलन होु, युनियनले भनेको छ ।

उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी छानविन कार्य अगाडि बढाउन युनियनले भनेको छ । दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न समेत नेपाल धितोपत्र बोर्डको आधिकारिक कर्मचारी यूनियनले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *