एमाले स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय विभाग गठन र विधान महाधिवेशन एजेन्डा – Nepal Press

एमाले स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय विभाग गठन र विधान महाधिवेशन एजेन्डा

काठमाडौ । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले बैठक बोलाएका हुन् ।

दिउँसो तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकले केन्द्रीय विभागहरुलाई पूर्णता दिने बताइएको छ । त्यस्तै बैठकमा विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषय छलफलका एजेन्डा रहेको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।

माधव नेपाल पक्षसँग सहमतिका लागि लामो समयदेखि बैठक बसेको थिएन । यसबीचमा धेरै प्रयास भए पनि पार्टीलाई निष्क्रिय राख्न नमिल्ने भएकाले बैठक बोलाइएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर