सपथ लिएको दोस्रो दिन कार्यक्षेत्रमा आए प्रदेश प्रमुख शेरचन – Nepal Press

सपथ लिएको दोस्रो दिन कार्यक्षेत्रमा आए प्रदेश प्रमुख शेरचन

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार पदभार ग्रहण गरेका छन् ।बिहीबार सपथग्रहण गरेका शेरचन शुक्रबार अपरान्ह प्रदेश मुकाम बुटवलमा रहेको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

गण्डकीका पूर्व प्रदेशप्रमुख भएका शेरचनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बर्खास्त गरेकी थिइन् ।

पदबहाल गर्दै प्रदेशप्रमुख शेरचनले संविधानले दिएको अधिकार भन्दा बाहिर कोही पनि नरहेको बताउँदै आफूले पनि त्यहिँभित्र बसेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

कसैले पनि संविधान नाघेर हिँड्ने अवस्था आउन दिन नहुने बताउँदै शेरचनले शान्ति र संवैधानिक तरिकाले प्रदेश चलाउने बताएका छन् ।
गण्डकीबाट आफूलाई हटाइएको स्मरण गर्दै शेरचनले यतिबेला पुनः आवश्कताले आफूलाई लुम्बिनीमा पठाइएको प्रष्टीकरण दिएका छन् ।

शेरचनले नेताको कर्तव्य जनताको समस्या र उनीहरूको दुःखमा साथ दिनु भएको बताउँदै संघीय व्यवस्था नेपालको हकमा नयाँ भएको बताउँदै तीन तहको व्यवस्था नौलो अभ्यास भएको धारणा राखेका छन् । प्रदेश प्रमुख शेरचनलाई प्रदेश प्रमुख कार्यालयका कर्मचारीले स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर