राष्ट्रियसभामा खिमलालको आरोप- यो संसदले मेरो मुख थुन्ने हर्कत गर्‍यो – Nepal Press

राष्ट्रियसभामा खिमलालको आरोप- यो संसदले मेरो मुख थुन्ने हर्कत गर्‍यो

काठमाडौं । राष्ट्रियसभाका सदस्य खिमलाल देवकोटाले संसदले नै आफ्नो मुख थुन्ने हर्कत गरेको आरोप लगाएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै देवकोटाले प्रदेश र स्थानीय तहको आवाज बुलन्द पार्ने कदममा हस्तक्षेप गरेको आरोप लगाएका हुन् ।

‘तत्कालीन ओली सरकारको जताततै राज्य आतंक रहेको कठिन अवस्थामा खरो चुनावी प्रतिष्पर्धाबाट म यो संसदमा आएको हुँ,’ उनले भने, ‘तर, प्रदेश र स्थानीय तहको मतदानबाट निर्वाचित हुने यस संसदले प्रदेश र स्थानीय तहको निरन्तर आवाज बुलन्द गर्ने मेरो मुख थुन्ने हर्कत शुरु गरेको छ ।’

उनले के विषयमा संसदले आफ्नो मुख थुनेको चाहिँ उल्लेख गरेनन् । उनले सार्वजनिक बहसका लागि यो कुरा उठाएको उल्लेख गरे ।

उनले भने, ‘सार्वजनिक बहसका लागि म यो बिषय यहाँ उठान गर्न चाहन्छु । र, यसको म भर्त्सना पनि गर्न चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर