सत्तारुढ गठबन्धन बैठक : न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कार्यदललाई निर्देशन – Nepal Press

सत्तारुढ गठबन्धन बैठक : न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कार्यदललाई निर्देशन

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम चाँडो टुंग्याउन निर्देशन दिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यदललाई सो निर्देशन दिएको हो।

कार्यदलका संयोजक पूर्णबहादुर खड्काले कार्यदलको अहिलेसम्मका कामबारे बैठकमा जानकारी गराएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकार सञ्चालनका लागि सुझाव दिन नेपाली कांग्रेसका महामन्त्री खड्काको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाइएको छ ।

कार्यदलमा कांग्रेसका तर्फबाट खड्का, रमेश लेखक र मिनेन्द्र रिजाल छन् । नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट राजेन्द्र श्रेष्ठ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर