फुयाल र गुरुङ तीन महिना नपुग्दै योजना आयोगमा कमब्याक – Nepal Press

फुयाल र गुरुङ तीन महिना नपुग्दै योजना आयोगमा कमब्याक

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले डा. पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगको सदस्यबाट बाहिरिएको तीन महिना नपुग्दै डा. रामकुमार फुयाल र दिलबहादुर गुरुङ तीन महिना नपुग्दै कमब्याक भएका छन् ।

वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएर पदमुक्त भएसँगै योजना आयोगका पदाधिकारी पनि पदमुक्त भएका थिए । त्यस लगत्तै ओली सरकारले अरुलाई निरन्तरता दिए पनि माओवादी कोटाबाट सदस्य बनेका फुयाल र गुरुङले निरन्तरता पाएका थिएनन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल र सदस्यमा रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

योजना आयोगको सदस्यमा माधव नेपाल र जसपाको उपेन्द्र यादव पक्षले पनि भागबण्डा पाउने भएकाले पूर्णता नदिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर