माधव समूह सरकारमा सहभागी हुने, प्रचण्डले भने- प्रदेश प्रमुखदेखि योजना आयोगसम्म भाग दिन्छौं – Nepal Press

माधव समूह सरकारमा सहभागी हुने, प्रचण्डले भने- प्रदेश प्रमुखदेखि योजना आयोगसम्म भाग दिन्छौं

काठमाडौ । नेकपा एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । बिहानमात्र नेपालसँग भेटेका माओवादी अध्यक्ष प्रचण्डले दिउँसो स्थायी कमिटी बैठकमा सो जानकारी दिएका हुन् ।

माओवादी स्थायी कमिटीका एक सदस्यका अनुसार नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोगलगायतका निकायमा पनि भाग दिइनेछ ।

नेपाल समूहले चारवटासम्म राजदूत पनि पाउने भएको छ । आफूसँग भेटमा वरिष्ठ नेता नेपालले एमाले एकताको प्रयास पनि चलिरहने भन्दै आफूले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिने बताएको प्रचण्डले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर