माइक्रो फाइनान्सले २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने – Nepal Press

माइक्रो फाइनान्सले २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको लागि जारी गरिएको एकिकृत निर्देशन २०७७ परिमार्जन गर्दै लाभांश सम्वन्धि नीति परिवर्तन गरेको छ ।

केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांश वितरण नीतिमा एकरुपता कायम गरेको छ । आर्थिक वर्ष २०७७। ७८ मा लघुवित्त वित्तीय संस्थाले वार्षिक २० प्रतिशत भन्दा बढी नगद वा वोनस लाभांश वितरण गर्न नपाउने भएका छन् । यदि २० प्रतिशत भन्दा बढी लाभांश वितरण गरेमा प्रस्तावित लाभांशको ५० प्रतिशत जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

यस्ता संस्थाले आफ्ना वितरणयोग्य आयको ३० प्रतिशतसम्म नगद लाभांश वितरण गर्न पाउने भएका छन् । तर, नगद लाभांश वितरण गर्दा निक्षेपको भारित औषत व्याजदरभन्दा बढी नगद लाभांश वितरण गर्न नपाइने र कुल वितरणयोग्य आय चुक्तापुँजीको ५ प्रतिशत भन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि मात्रै नगद लाभांश वितरण गर्न पाउने पुरानै व्यवस्थालाई निरन्तरता दिएको छ ।

त्यस्तै लुघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७र७८ को वित्तीय बिवरण तयार पार्दा कर्जा नोक्सानीको व्यवस्था ०।३ प्रतिशतले थप गर्दै १।३ प्रतिशत व्यवस्था गर्नुपर्ने भएको छ ।

लघुवित्त संस्थाले आफ्नो कर्मचारीको दक्षता अभिवृद्धिका लागि अघिल्लो आर्थिक वर्षको कुल तलवभत्ताको ३ प्रतिशत रकम वृतिविकासमा खर्च गर्नुपर्ने प्रावधानलाई समेत नेपाल राष्ट्र बैंकले हटाइदिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर