माधवपक्षीय बैठक: वान टू वान वार्ताका लागि ओली र माधवलाई आग्रह (भिडियो) – Nepal Press

माधवपक्षीय बैठक: वान टू वान वार्ताका लागि ओली र माधवलाई आग्रह (भिडियो)

काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ ।

माधव नेपाल पक्षीय नेताहरुको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बसेको स्थायी समितिका नेताहरुको बैठकले पार्टी एकताका लागि भईरहेका प्रयासहरु सकारात्मक रहेको उल्लेख गर्दै त्यसलाई टुंगोमा पु¥याउन थप प्रयास गर्नुपर्नेमा जोड दिएको हो ।

बैठकले पार्टी एकताका लागि भईरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह समेत गरेको छ ।

‘पार्टी एकताका लागि भएका प्रयासहरु धेरै हदसम्म सकारात्मक छन् ।ती प्रयासहरुलाई छिटो टुंगोमा पुर्‍याउनका लागि थप प्रयास गरौं भन्ने कुरा भयो । सबैै नेताहरुले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन ।’ नेता रघुजी पन्तले बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘तर दुवै पक्षका शिर्ष नेताहरुले पार्टीको एकताका लागि भएका प्रयासहरुलाई विथोलिने गरी अभिव्यक्ति दिनु भएन् । नेकपा एमालेका देशभरीका कार्यकर्ता, मतदाताहरु र मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनताहरु एमालेको एकता चाहन्छन भन्ने आत्मबोध गरिएको छ । त्यसैैले पार्टी एकतालाई गम्भिरतापूर्वक अघि बढाउँदै सफल बनाउनु पर्छ भन्नेमा जोड दिइएको छ ।’

बैठकले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छिट्टैै भेट हुने विश्वास पनि व्यक्त गरेको छ । शिर्ष नेताहरुलाई भेटघाटका लागि आग्रह गरिएको पनि नेता पन्तले जानकारी दिए । पार्टीलाई एकतावद्ध बनाउँदैै देशव्यापी रुपमा सशक्त ढंगले अघि बढन आफूहरु तयार रहेको उनले बताए ।

बैठकमा संविधानको रक्षा, प्रतिनिधिसभाको पुनस्र्थापनासँगै यसको प्रभावकारी काम कार्वाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि नेताहरुले छलफल गरेका थिए ।


प्रतिक्रिया

One thought on “माधवपक्षीय बैठक: वान टू वान वार्ताका लागि ओली र माधवलाई आग्रह (भिडियो)

  1. शेरबहादुर देउवालाई प्रम बनाउन भूमिका खेल्नेदेखि विश्वासको मत दिने काम गरिसकेपछि माधव नेपाल एमालेमा रहेनन्। नेकाका नेता तथा कार्यकर्ताहरूले जय नेपालको सट्टामा जय माधव नेपाल भन्न थालिसके तर पनि आममाफी र वार्ताको फण्डा गरेर उनलाई एमाले बनाउन केही मान्छेहरू व्यर्थको प्रयास गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर