जसपाको हेड काउन्ट : महन्थ पक्षका राजकिशोर र मनिष सुमन उपेन्द्रको लाइनमा – Nepal Press

जसपाको हेड काउन्ट : महन्थ पक्षका राजकिशोर र मनिष सुमन उपेन्द्रको लाइनमा

काठमाडौं ।जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको हेड काउन्ट गर्दा महन्थ ठाकुर पक्षका दुई नेता उपेन्द्र यादव पक्षको लाइनमा उभिएका छन् ।

केपी ओली नेतृत्वको सरकारमा मन्त्रीसमेत बनेका राजकिशोर यादव र प्रदेश २ का सांसद मनिस सुमन अन्तिम समयमा यादव पक्षमा लागेपछि महन्थ पक्ष झन् कमजोर बनेको छ ।

महन्थ पक्षले हेड काउन्ट रोकेर सर्वोच्च अदालतले साउन १५ मा बोलाएको सुनुवाइ सकिएपछिमात्र गर्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो । तर, आयोगले ठाकुरको कुरा सुनुवाइ नगरी जसपाको आधिकारिकता टुंगो लगाउन लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर