मंगलबारदेखि मनसुन पुनः सक्रिय हुने, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना – Nepal Press

मंगलबारदेखि मनसुन पुनः सक्रिय हुने, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले अहिले देशभर बदली र केहि स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकालगायत वागमती प्रदेशका केहि ठाउँमा वर्षा भइरहेको मौषम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केहि स्थानहरुमा वर्षा हुने मौषमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

उनका अनुसार हिजो र आजको तुलनामा मंगलबार (भोलि)देखि मौसम सक्रिय रहनेछ । देशभरि नै पानी पर्ने सम्भावना रहेको र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना रहेको नगरकोटीले जानकारी दिइन् ।

आज प्रदेश–१ र सुदूरपश्चिममा वर्षा भारी वर्षा हुनसक्ने भएकाले पहिरोको जोखिम तथा तटीय क्षेत्रका बासिन्दालाई सजग रहन महाशाखाले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर