टोकियो ओलम्पिकमा आइतबार १८ स्वर्णको छिनोफानो हुँदै – Nepal Press

टोकियो ओलम्पिकमा आइतबार १८ स्वर्णको छिनोफानो हुँदै

एजेन्सी । शुक्रबार उद्घाटन भए पनि शनिबारदेखि पदक निर्क्याेल हुने प्रतिस्पर्धा सुरु भएको टोकियो ग्रिष्मकालीन ओलम्पिक्समा आज आइतबार १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ ।

आज १० खेलको केहि स्पर्धामा स्वर्णको छिनोफानो भए पनि २८ खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

आर्चरी, साइक्लिङ, डाइभिङ, फेन्सिङ, जुडो, शुटिङ, स्केटबोर्डिङ, पौडी, तेक्वान्दो र भारोत्तोलनका केहि इभेन्ट गरी १८ स्वर्णको आज छिनोफानो हुन लागेको हो ।

यसबाहेक फुटबल, भलिबल, बक्सिङलगायतका खेलहरुको सुरुआती वा समूह चरणमा प्रतिस्पर्धा भइरहेको छ ।

यसअघि पूर्ण प्रतिस्पर्धाको पहिलो दिन शनिबार ११ स्वर्ण पदकको छिनोफानो भएको थियो । जसमा ३ स्वर्ण जितेको चीन अग्रपंत्तिमा छ । चीनले टोकियो ओलम्पिककै सुरुआती दुई स्वर्ण जितेको हो ।

चीनसँगै आयोजक जापान, इटली, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्याण्डले १/१ स्वर्ण जितेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *