नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षा भदौ १९ गतेदेखि – Nepal Press

नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षा भदौ १९ गतेदेखि

काठमाडौं । नर्स तथा मिडवाइफ लाइसेन्सको परीक्षा भदौ १९ गतेबाट सुरु हुने भएको छ । नेपाल नर्सिङ काउन्सिलले साउन १० देखि भदौ ७ सम्म अनलाइन फारम खुल्ला गरेको हो ।

भदौ ८ देखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिनेछ । काउन्सिलले नाम दर्ता प्रमाणपत्रका लागि पीसीएल वा बीएस्सी नर्सिङ र ब्याचलर इन मिडवाइफ साइन्समा उत्तीर्ण भएका विद्यार्थी परीक्षामा सहभागी हुन सक्ने जनाएको छ ।

परिक्षाका लागि आवेदन अनलाइनबाहेक अन्य माध्यमबाट भर्न अर्थात बुझाउन नपाइने भन्दै http://nnc.org.np/ मा निर्देशन अनुसार फारम बुझाउन सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर