टोकियो ओलम्पिकको उद्घाटन समारोहका प्रमुख बर्खास्त, ओलम्पिक भोलिदेखि सुरु हुँदै – Nepal Press

टोकियो ओलम्पिकको उद्घाटन समारोहका प्रमुख बर्खास्त, ओलम्पिक भोलिदेखि सुरु हुँदै

टोकियो ओलम्पिक समारोहका निर्देशकलाई कार्यक्रमको एकदिन अघि पदबाट बर्खास्त गरिएको छ । सन् १९९० मा होलोकास्टलाई लिएर गरेको एक व्यंग्यको भिडिओ हालै सार्वजनिक भएपछि निर्देशक केन्टारो कोबायासीले पद गुमाउनुपरेको हो ।

जापानी ओलम्पिक प्रमुख सेइको हासीमोतोले यसलाई इतिहासको पीडदायी तथ्यलाई मजाक गर्ने भिडिओ भएको बताएका छन् । कोबायासीको पदीय बर्खास्तीलाई ओलम्पिकलाई लिएर पछिल्लोपटक भएका स्क्यान्डलमध्येको एउटा श्रृंखला मानिएको छ ।

उद्घाटन समारोहका कम्पोजरले आफ्नो समूह छाडेको एकदिन पछि यो विवाद प्रकाशमा आएको हो । कोबायासीले उक्त भिडिओमा स्कुलमा छँदा आफ्ना सहपाठीलाई चित्त दुख्ने गरी उनको शारिरीक अवस्थाबारे व्यंग्य गरेको देखिन्छ ।

गत मार्चमा ओलम्पिक प्रमुख हिरोसी सासाकीले प्लस साइज कमेडियन नाओमी वातानेवीले ओलम्पिकमा भाग लिन सक्नेभन्दै उनको व्यंग्य गरेका थिए । पछि उनले राजीनामा दिनुपरेको थियो ।

फेब्रुअरीमा ओलम्पिक आयोजक कमिटीको प्रमुखबाट योसिरो मोरीले पनि राजीनामा दिएका थिए । उनले महिलाहरु ओलम्पिकलाई अनुपयुक्त रहेको भन्दै टिप्पणी गरेपछि उनी आलोचित भएका थिए ।

टोकियो ओलम्पिकको उद्घाटन शुक्रबार हुँदैछ । कतिपय खेलहरु चाहिँ सुरु भैसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर