पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक दुई सातापछि सन्चालनमा – Nepal Press

पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक दुई सातापछि सन्चालनमा

बागलुङ । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दुई सातापछि सञ्चालन भएको छ । असार २४ गतेदेखिको अविरल वर्षाका कारण ७६ किलोमिटर उक्त सडकका विभिन्न ठाउँमा पहिरो गएपछि अवरुद्ध भएको थियो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट गलेश्वर र अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीरलगायतका स्थानमा पहिरो पन्छाएर सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब दुई साता सो सडकखण्डमा कुनै पनि सवारी साधन सञ्चालन हुनसकेका थिएनन् । सडक अवरुद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दा बीचबाटोमै अलपत्र परेका थिए ।

सडक अवरुद्ध भएपछि मुस्ताङका लागि सरकारले पठाएको कोरोनाविरुद्धको खोपसमेत मान्छेले बोकेर नै मुस्ताङ पु¥याएका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतिमा जिम्मा पाएको निर्माण कम्पनीलाई परिचालन गरी अवरुद्ध बनेको सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *