दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्बभन्दा बढी कारोबार – Nepal Press

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्बभन्दा बढी कारोबार

काठमाडौं । आज नेप्से परिसूचक १३.९७ अंकले बढ्दै २९९४.५८ विन्दुमा रोकिएको छ ।

बजार खुलेको ६ मिनेटमा नै ४७ अंकले बढ्दै नेप्सेले तीन हजार ३१ विन्दु पार गरेको थियो । आज ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर किनबेचमा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रूपैयाँ कारोबार भयो ।

आज सबैभन्दा धेरै एनआईसी एसियाको ३५ करोडको सेयर कारोबार भयो । यसैगरी, नविल बैंकको ३३ करोड कारोबार भयो । सिनर्जी पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, विशाल बजारको सेयर ९ प्रतिशतले बढ्न पुगेको छ ।

आज नेप्सेको उप-समूहमा बैंकिङ, व्यापार, निर्जीवन बीमा, उत्पादन, अन्य, म्यूचल फण्ड, लगानी तथा जीवन बीमा समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी व्यापार समूहका लगानीकर्ताले कमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *