महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत – Nepal Press

महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । आफूहरूले उठाएका राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता आएकोले विश्वासको मत दिन सकरात्मक भएको ठाकुर पक्षका नेता डा.सुरेन्द्र झाले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले ठाकुरलाई औपचारीक पत्र लेखी विश्वासको मत मागेका थिए । संसद भवनमै भएको छलफलमा देउवाले ठाकुरसँग मधेस आन्दोलनका माग पूरा गर्न तयार रहेको बताएपछि ठाकुर पक्ष विश्वासको मत दिन तयार भएको झाको भनाई छ । यसबारे निर्णय लिन ठाकुर पक्षका सांसदहरु छलफलमा छन् ।


प्रतिक्रिया

One thought on “महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत

  1. माैका यही हो सांसद भन्ने कुरा फेरि हुने हो होइन कुनै ठेगान हुँदैन । मन्त्री, सांसद जे जे पाइन्छ चप्काउनु पर्छ । जव सर्वोच्चले नै छुट दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर