संसदमा सपथ र नागरिकतासम्बन्धी अध्यादेश पनि पेस – Nepal Press

संसदमा सपथ र नागरिकतासम्बन्धी अध्यादेश पनि पेस

काठमाडौं । दोस्रोपटक पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सपथ र नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश पनि पेस भएका छन् ।

संसदको पहिलो बैठकमा अध्यादेश पेस गर्ने नियम अनुसार प्रतिनिधिसभाको पहिलो बैठकमा १६ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।

जसमा सपथ र नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश पनि छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सपथ र गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश बैठकमा पेस गरेका हुन् ।

गत जेठ २७ गते संवैधानिक इजलासले नागरिकतासम्बन्धी विषय संसदबाटै विधेयक पारित भई ऐनबाटै हुनुपर्ने भन्दै अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।

विपक्षमा हुँदा नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतले सपथसम्बन्धी अध्यादेशको विरोध गरेका थिए । त्यस्तै संसदमा विधेयक विचाराधीन अवस्थामा रहेको भन्दै नागरिकतासम्बन्धी ऐन संशोधन अध्यादेशबाट गर्नु पनि गलत भएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर