रावलको राजीनामाप्रति कमल थापाले भने – उच्च राजनीतिक संस्कार र नैतिकता प्रदर्शन – Nepal Press

रावलको राजीनामाप्रति कमल थापाले भने – उच्च राजनीतिक संस्कार र नैतिकता प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सांसद पदबाट राजीनामा दिएर एमाले नेता भीम रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको बताएका छन् ।

रावलको राजीनामा बारे ट्वीटरमा आफ्नो धारणा व्यक्त गर्दै थापाले राष्ट्रियता र प्रजातन्त्रको सवालमा पनि रावलको अडान प्रशंसनीय रहेको टिप्पणी गरेका छन्।

‘विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजीनामा दिएर उहाँले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ,’ उनको भनाइ छ, ‘विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा. रावलको अडान प्रशंसनीय रहेको छ। राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना।’

शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उनले राजीनामाको घोषणा गरेका थिए ।


प्रतिक्रिया

One thought on “रावलको राजीनामाप्रति कमल थापाले भने – उच्च राजनीतिक संस्कार र नैतिकता प्रदर्शन

  1. अहिले राजीनामा दिनुको अर्थ शेरबहादुर देउवालाइ नै बल पुर्याउनु हो । सांसद संख्या घटाएर सहयोग गर्ने कुरा सही मान्न सकिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर