देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकप्टरबाट फर्किए – Nepal Press

देउवालाई विश्वासको मत दिन गगन थापा हेलिकप्टरबाट फर्किए

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनका लागि हेलिप्टरबाट काठमाडौं आएका छन् । पोखरामा रहेका थापा सडकबाट काठमाडौं आउँदै थिए ।

तर, पृथ्वी राजमार्गमा पहिरोका कारण सडक अवरुद्ध भएपछि हेलि एभरेष्ट बोलाएर थापा काठमाडौं आएका हुन् । सडक खुलेर काठमाडौं आउँदा संसदको कारवाही नभेटिने भएकाले उनी हेलिकप्टरबाट आएका हुन् ।

तस्बिर : पवन पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर