देउवाले बोलाए संसदीय दलको बैठक, पदाधिकारी बैठकमा कुटपिट काण्डबारे छलफल हुँदै – Nepal Press

देउवाले बोलाए संसदीय दलको बैठक, पदाधिकारी बैठकमा कुटपिट काण्डबारे छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट भएको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्ने भएको छ ।

अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

शुक्रवार देउवा पक्षकै मोहन बस्नेत समर्थकले घिमिरेमाथि कुटपिट गरेका थिए । पदाधिकारी बैठकमा महाधिवेशन तयारीका विषयमा समेत छलफल हुनेछ ।

यसैबीच प्रधानमन्त्री देउवाले संसद अधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न संसदीय दलको बैठक आइतवार अपरान्ह २ बजे बस्ने गरि बोलाएका छन् ।

आइतवार सर्वोच्च अदालतको परमादेश बमोजिम संसद अधिवेशन सुरु हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर