वर्षान्तसँगै कर्णालीमा अर्बौैं बजेट रकमान्तर, प्रतिपक्षी एमालेको आपत्ति – Nepal Press

वर्षान्तसँगै कर्णालीमा अर्बौैं बजेट रकमान्तर, प्रतिपक्षी एमालेको आपत्ति

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को अन्त्यतिर अर्बौं रुपेैंया रकमान्तर गरेको छ । सरकारको सामाजिक विकास मन्त्रालयले विभिन्न शीर्षकमा सबैभन्दा बढी रकमान्तर गरेको पाइएको छ ।

सामाजिक विकास मन्त्रालयले सबैभन्दा धेरै एक अर्ब ११ करोड ६९ लाख ९९ हजार रुपैयाँ रकमान्तर गरेको छ । कोभिड महामारीलाई कारण देखाउँदै मन्त्रालयले मनलाग्दी बजेट रकमान्तर गरेको हो ।

मन्त्रालयले उपलब्ध गराएको विवरणमा शिक्षा क्षेत्रमा २८ लाख, स्वास्थ्य क्षेत्रमा ६ करोड ४५ लाख १५ हजार, कोभिड १९ शीर्षकमा ५४ करोड ९२ लाख ६४ हजार, युवा खेलकुदमा नौ लाख र भाषा, धर्म र संस्कृतितर्फ १२ लाख गरी ६१ करोड ८६ लाख ७९ हजार रुपैयाँ चालु बजेटबाट चालु खर्चमै रकमान्तर गरेको हो ।

त्यस्तै सोही मन्त्रालयले चालुबाट पुँजिजीगतमा पनि रकमान्तर गरेको छ । मन्त्रालयले स्वास्थ्य क्षेत्रका लागि भन्दै ४ करोड ३९ लाख ४० हजार, कोभिड १९ नियन्त्रणका लागि १५ करोड २५ लाख, युवा तथा खेलकुदमा ३५ लाख ६० हजार रुपैयाँ बजेट रकमान्तर गरेको छ ।

यस्तै मन्त्रालयले पुँजीगतबाट पुंजीगततर्फ पनि रकमान्तर गरेको छ । मन्त्रालयले शिक्षा क्षेत्रमा ११ करोड १७ लाख, स्वास्थ्य क्षेत्रमा नौ करोड ७३ लाख, कोभिड १९ नियन्त्रणका लागि एक करोड ३८ लाख २० हजार, युवा तथा खेलकुद क्षेत्रमा सात करोड २० लाख र भाषा र संस्कृतितर्फ ३५ लाख बजेट रकमान्तर गरेको छ ।

यस्तै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रमका लागि भन्दै ३८ करोड ५८ लाख १६ हजार रुपैयाँ रकमान्तर गरेको छ । भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १६ करोड २२ लाख ५० हजार रुपैयाँ रकमान्तर गरेको छ ।

सरकारले ठूलो मात्रामा रकमान्तर गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले भने आपत्ति जनाएको छ । प्रमुख सचेतक गुलावजंग शाहले सरकारले कार्यकर्ता रिझाउन कानून विपरीत रकमान्तर गरेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर